एजेन्सी– पिसाब गरिरहेको एउटा बच्चाको मूर्तिको चर्चा कहिल्यै तपाईले सुन्नु भएको छ? बेल्जियमको ब्रसेल्समा मैनकेन पिस नामको सो मूर्ति एउटा सानो बच्चाको हो जो पिसाब गरिरहेका छन्।
त्यस मूर्तिलाई हेर्नलाई मात्र पनि मानिसहरु टाढाबाट आउने गर्छन्। यस मूर्तिलाई ब्रसेल्सका मानिस र उनीहरुको हाँसो ठट्टा गर्ने कलाको प्रतिक मानिन्छ। पिसाब प्राचिन समयदेखि नै विभिन्न रोगको निदानका लागि प्रयोग गरिन्थ्यो। साथै यसका अन्य धेरै उपभोग्य प्रयोजन पनि छन्।
इतिहासमा पिसाबको प्रयोगको पहिलो घटना रोमन सम्राट टिटो फ्लेविओ वेस्पासियानोको समयमा पाइन्छ। जुन नौं देखि ७९ इस्वी सम्वतमा देखिन्छ। रोमन साम्राज्यमा धोबीघाट वा फुलोनिकसमा पिसाब संकलन गरिन्थ्यो र त्यसलाई सडक दिइन्थ्यो। ती संकलन भएका पिसाब अमोनिया बन्थ्यो र त्यस अमोनिया एक प्रकारको डिटर्जेन्टको रुपमा कपडा धुनका लागि प्रयोग हुन्थ्यो।
रोमन दर्शनशास्त्री तथा लेखक सेनेका भन्छन् कि सेतो ऊनको कपडालाई भिजाएपछि धोबी ती कपडामाथि नाच्थे। कपडाको रंगमा निखार ल्याउन र त्यसको चमक बढाउन मुल्तानी माटो, पिसाब र सल्फरको प्रयोग हुन्थ्यो। पछि पिसाबको गन्धलाई मेटाउन सुगन्धित डिटर्जेन्ट प्रयोग गरिन्थ्यो।
धोबीहरुको काम राम्रो व्यवसायमा बदल्दै थियो तर जब वेस्पासियानो सत्तामा आए तब उनीहरुले पिसाबमा कर लगाउन शुरु गरिदिए। यो कर ती मानिसहरुका लागि थियो जसले रोमको सिवेज सिस्टममा जमाइएको पिसाबलाई प्रयोग गर्न चाहान्थे। तीमध्ये छालाको काम गर्ने पनि संलग्न थिए।
पिसाबले जनावरको खाललाई नरम बनाउने र त्यसलाई पकाउने कामका लागि प्रयोग गरिन्थ्यो किनभने अमोनियामा अधिक पिएच कार्ब्निक पदार्थले त्यसलाई गलाउन मद्दत गर्दथ्यो। रोमन इतिहासकार स्युटोनियसका अनुसार वेस्पासियानका छोरा टिटोले आफ्नो बुवाको पिसाबमाथि कर लगाउने कामलाई तूच्छ ठाने। तर त्यसको जवाफमा सम्राटले एउटा सुनको सिक्का टिटोलाई देखाउँदै त्यो पनि पिसाबबाट आएको भनि मुख बन्द गरिदिए।