काठमाडौं– भाद्र १८ गते मच्छिन्द्रनाथको रथ तान्ने झडप हुँदा भीडलाई उत्तेजित गराउने तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ‘घाँटी रेटिदिन्छु’ भनेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ ।
आइतबार पक्राउ परेका ललितपुर १३ कुसुन्तीका सञ्जय शाक्यलाई सार्वजनिक रुपमा अन्तर्वार्ता दिँदै ज्यान मार्ने धम्की दिएको प्रहरी दावी छ ।
प्रहरीले ४३ वर्षे शाक्यलाई कुसुन्तीस्थित घरबाट पक्राउ गर्दै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरक्षिक ईश्वर कार्कीले बताएका छन् ।