काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मंगलबार बिहान पुगी प्रधानमन्त्री आोलीले मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका हुन्।
मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले मुख्यमन्त्री पौडेलको उपचार गरिरहेको छ। मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए। (रासस)