काठमाडौँ– राजधानीको कोटेश्वरमा वैदेही आयुर्वेद केन्द्र सञ्चालन आएको छ। कोटेश्वरको आकाशेपुल नजिकै सरस्वती मार्गमा केन्द्रले जेठ ४ गतेदेखि सञ्चालनमा आएकाे हाे।
केन्द्रले विशेषगरी नसर्ने रोगहरुको उपचार गरिने जनाएको छ। सेवा विस्तार गरेको अवसरमा केन्द्रले जेठ ४ र ५ गते दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विरामीहरुलाई राहत दिएको थियो।
The Skill to Heal,the Spirit to care भन्ने मूल नाराका साथ खोलिएको केन्द्रले सर्वसाधरणलाई सर्वसुलभमा स्वास्थ्य सेवा प्रधान गर्ने जनाएको छ। आयुर्वेदीय विधि द्वारा सफल मानिएका विभिन्न रोगको दैनिक जाँच सहित पेटरोग, अम्लपित्त(ग्यास्ट्राइटिस), पाइल्स, फिस्टुला, फिसर, वाथरोग, मधुमेह, उच्च रक्तचाप, नशा सम्वन्धि रोगको विषशज्ञ चिकित्सकबाट उपचार र परामर्श लिन सक्ने केन्द्रको भनाई छ।
यस्तै केन्द्रले नशा च्यापिएको, जोर्नी दुखाई भएकाहरुलाई आयुर्वेदीय मसाज र स्नेहन तथा स्वेदन सेवा सञ्चालन पनि संचालनमा ल्याएको छ।
माइग्रेन तथा तनाव ब्यवस्थापनका लागि शिरोधारा उपचार विधि सञ्पचालनमा ल्याई विरामीकाे उपचारमा सहजता ल्याएकाे छ। यस्तै पाइल्स, फिस्टुला भएकाहरुलाई औषधिले निको नहुने अवस्थामा वीन अपरेशन आयुर्वेदिक क्षारशुत्र विधिवाट पनि उपचार गरिने केन्द्रले जनाएको छ।