काठमाडौँ – विभिन्न स्थानीय भाषा तथा लोकशैलीका गीतहरू गाएर चर्चित बनेकाे सांगीतिक समूह नेपथ्यले ‘नासै छ्याँबा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ। नेपथ्यको यस गीतमा मनाङको पर्यटकीय गाउँ र त्यहाँकाे जनजीवनको वर्णन गरिएकाे छ।
मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन् र बाटोमा मुक्तिनाथको दर्शन गर्छन्। गीतमा उधौलीउभौलीका कुरा पनि राखिएको छ। गीतमा ब्याण्डका गायक अमृत गुरूङकाे स्वर छ। यस ब्यान्डको स्थापना २०४८ सालमा भएको हो। अमृतले सन् २००४ मा ट्रेकिङ गर्दै थोसाङलापास नाप्ने बेला मनाङकै परिवेशमा बसेर यसको रचना गरेका थिए। यसको रेकर्ड भने त्यसको चारवर्षपछि भएको थियो।
नेपाली गीतमा संलग्न भएर नेपथ्यले २५ वटाभन्दा बढी स्वर्णिम वर्षहरु बिताइसकेको छ। यस ब्यान्डको मुख्य विशेषता भनेको लोक भाकामा गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रुचाउने किसिमका पप शैलीमा गाउनु हाे। नेपथ्य ब्यान्ड देशविदेशमा समेत लोकप्रिय छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/i_VQd9p0fZM