काठमाडौँ – केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिको संयुक्त आयोजना रहेको प्रतियोगिता ‘द सुपर मम’को उपाधि भक्तपुर निवासी एमी कर्माचार्यले जितेकी छिन्। उनीले १६ प्रतिस्पर्धीलाई पछि पर्दै जित हासिल पारेकी हुन्।
प्रथम अभिनेत्री भुवन चन्द, रागिनी उपाध्याय, बाबा सरकार श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, सन्ध्या पहाडी, विशाल पहाडी र भुषण श्रेष्ठ निर्णायक रहेका उक्त प्रतियोगितामा अमृता शर्मा फष्ट रनरअप र बाला राई सेकेन्ड रनरअप घोषित भएका छन्।
प्रतियोगिताको शीर्ष विजेता कर्माचार्यले ताजसहित स्कुटी हात पारेकी थिइन भने फष्ट रनर अप शर्माले ४३ इन्चको टेलिभिजन र सेकेन्ड रनरअप राईले वासिङ मेसिनका साथमा विभिन्न उपहार प्राप्त गरेकी छन्।