काठमाडौँ - मुख्य अभिनेता नायक दयाहाङ राई रहेको फिल्म ‘आप्पा’ को नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ। हर्क साउदको शब्द रहेको गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ।
सार्वजनिक गीतको भिडियोलाई निर्देशक रेनेशा वान्तवा राईले गरेका हुन्। गीतको भिडियोमा किरण थापा, बुद्ध लामा र सुरैन राईको कोरियोग्राफी रहेको छ।
अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन अनमोल गुरुङले गरेका हुन्। बाबुछोराको प्रेम सम्बन्धको कथा रहेको यस चलचित्रमा दयाहाङ राई, अल्लोना काबो लेप्चा र सिद्धान्तराज तामाङलगायतको मुख्य अभिनय रहेको छ।
चलचित्रमा निर्देशन अनमोलको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद शैलेन्द्र डी कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ। यस चलचित्र आगामी जेठ २४ मा रिलिज हुने भनेकोमा सारेर असार १३ गते प्रदर्शनमा आउने भएको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/V01GTobQVtw