काठमाडौँ – स्वजातीय विवाह र अन्तरजातीय प्रेम सम्बन्धबीचको द्वन्द्वलाई लिएर चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ निर्माण हुने भएकाे छ। उक्त चलचित्र आगामी जेठ ५ गतेदेखि सुटिङ गर्ने घोषणा पनि गरिएको छ। याे चलचित्र बाँसुरी फिल्म र सिने आर्टको प्रस्तुतिमा बन्ने भएको हाे।
यस चलचित्रमा नायिका उपासना सिंह ठकुरी, दयाहाङ राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बरालको मुख्य भूमिका रहनेछ। निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार रहेका छन् भने चलचित्रको एक्टिङ कोच अनुप बराल रहेका छन्।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेकाे यस चलचित्रमा रामबाबु गुरुङले नै निर्देशन गर्ने भएका छन्र। चलचित्रमा शैलेन्द्र डि कार्की छायाँकार र निमेश श्रेष्ठको सम्पादन रहनेछ।