काठमाडौँ – ‘मंगली’, मेरी आमा’ जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ‘परानै दिन्छु’ दर्शकमाझ लोकप्रिय बन्दै गएकाे छ।
मौलिक र प्रयोगात्मक गीत लेख्न रूचाउने गीतकार शाहको ‘परानै दिन्छु’ म्यूजिक भिडियोलाई छोटो समयमा नै १० लाख दर्शकले युट्युवमा हेरेका छन् भने २५ सय बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको रहेको छ भने स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। उक्त गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन्।
थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा तयार भएको यस भिडियो बुद्ध थापाले खिचेका हुन्। यसैगरी, भिडियोको सम्पादन भने विकाश धमलाले गरेका हुन्।
भिडियाे हेर्नुहाेस्ः
https://www.youtube.com/watch?v=VVrGNGBqmgU