काठमाडौँ– भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप’ लिटल च्याम्सकोे टप ९ मा नेपालका ११ वर्षीय प्रितम आचार्य र १२ वर्षीय आयूष केसी छानिएका छन्। जीटीभीबाट प्रसारण हुने उक्त कार्यक्रममा उनीहरू हिजो आइतबार राति भएको प्रतियोगिताबाट टप ९ मा छानिएका हुन्।
उक्त कार्यक्रम गत फेब्रुअरी ९ बाट शुरु भएको हो। कलिङ्ग राउन्डबाट मेगा अडिसनमा प्रस्तुति दिएपश्चात् उनीहरू टप ३० मा छानिएका हुन्। यो वर्ष सो रियालिटी कार्यक्रममा नेपालबाट प्रितम आचार्य र आयुष केसीसहित ८ जनाले सहभागीता जनाएका थिए।
‘सारेगमप’ गायन रियालिटी कार्यक्रममा १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले मात्र सहभागिता हुन पाएका थिए। सो कार्यक्रम जीटीभीको एक उत्कृष्ट कार्यक्रम हो।