काठमाडौँ – चलचित्र सत्यम् शिवम् सुन्दरमकाे दोस्राे रोमान्टिक गीत ‘पारौन झ्याइकुटी यसैपाली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ।
आगामी हरितालिका तिजदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज सार्वजनिक भएको हो। उक्त गीतको शब्दरचना शंकर अधिकारी घायलले गरेका हुन्। गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ।
चलचित्रको मूख्य भूमिकामा राजन महर्जन, बिमला गिरी, धनराज सुब्बा, अन्जना श्रेष्ठ, सुदिप यादव, कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आरजे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनयमा दुई नवनायिका रिचा भण्डारी र कृतिका छेत्री अभिनय रहेको छ।
देव महर्जनको द्वन्द्व, राजन महर्जन र सुरेश पान्डेको नृत्य नरेश ऐरको छायाङ्कन बिपिन कटुवालको श्रृंगार तथा चलचित्रलाई शंकर अधिकारी घायलले निर्देशन गरेका छन्।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/7IwfGaBnETg