काठमाडौँ - नेपाली लाेकदाेहाेरी ‘काफल पाक्यो’ हालै सार्वजनिक भएको छ। यस लाेकदाेहाेरीमा गायिका सम्झना लामिछाने मगर र गायक गोपाल क्षेत्रीको स्वर रहेकाे छ।
गोपाल श्रेष्ठ र प्रनिल गुरुङको शब्द रहेको यस लाेकदाेहाेरीमा प्रनिल गुरुङकै लय रहेको छ। प्रनिल गुरुङ र आयुष्मा कार्कीको मुख्य अभिनय रहेको यस गीतको म्युजिक भिडियोमा तिलक ओली संयोजक रहेका छन्।
यस लाेकदाेहाेरीकाे म्युजिक भिडियो निर्देशक समिर ठोकर हुन् भने भिडियोको छायांकन सागर गौतमले गरेका छन्। यस लाेकदाेहाेरीलाई सफलता म्युजिक कम्पनीले हालै बजारमा ल्याएको हो।