काठमाडौँ - नेपाली चलचित्र ‘पसिना’ आज (शुक्रबार)देखि प्रदर्शन हुने भएको छ।
‘गराैँ सत्कर्म, बगाऊँ पसिना’ भन्ने विषयवस्तुमा आधारित फिल्म ‘पसिना’ आर.बी. खत्री ‘शरद’को निर्देशनमा तयार भएको हो।
यस चलचित्रको मुख्य भूमिकामा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकार छन्।
शान्ता ढकालले निर्माण गरेको यस चलचित्रका कार्यकारी निर्माता सञ्जय महतो हुन् भने नविन निरौलाको सम्पादन रहेको छ।
राम केसीको छायांकन रहेको यस चलचित्रमा राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राईको संगीत रहेको छ भने शिव विक र राजीव समरको नृत्य तथा देव महर्जनको द्वन्द्व रहेको छ।