काठमाडौँ । आज मुलुकका पहाडी जिल्लाहरुमा होली मनाइंदैछ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, कलाकार, साहित्यकारलगायत सम्पूर्ण जनताहरुले एक आपसमा होलीको शुभकामना आदन प्रदान गरिरहेका छन्। आज सरकारले पहाडी जिल्लामा होलीको अवसरमा सार्वजनिक बिदा दिएको छ।
होलीको अवसरमा नायिक एवम् छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियानकी अभियान्ता रेखा थापाले पनि शुभकामना दिएकी छन्। थापाले ट्वीटर मार्फत होलीको शुभकामना दिदै उनले भनेकी छन्ः
खुसी रङमा पलपलको उमङ्गमा
रङ नै कला, रङ नै हो सफलता
होलीको महाउत्सव, यो रङगिन पर्वको सम्पूर्ण नेपालीहरुमा शुभकामना !
होलीको रङ जस्तै सम्पूर्ण नेपालीको जीवन रङगिन बनोस् होलीको शुभकामना !!
https://twitter.com/i/status/1108201574289932288