काठमाडौँ - चलचित्र जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्र निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो।
उक्त गीतमा गायक निशान भट्टराई र गायिका मनिषा पोखरेलको स्वर छ। गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइलीलाई फिचर गरिएको छ। ‘माया पिरिम’मा चलचित्रका मुख्य पात्र बिपिन कार्की र वर्षा राउतको पनि नृत्य रहेको छ।
साथमा, अन्य कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिन्छ। गीतको कोरियोग्राफी कविराज गहतराज गरेका हुन्। त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन्।
२०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो। चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउने आयोजकले बताएको छ।
https://www.youtube.com/watch?v=aeQF6KdUdj8