काठमाडौँ – चर्चित नायिका रेखा थापाले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिबन्ध जायज नभएको बताएकी छन्। उनले आफ्नो फेसबुकमा एक स्टाटस लेखेर सरकारले नेकपा विप्लवलाई जवर्जस्ती युद्धमा धकेलेको आरोप लगाएकी छन्।
सरकारले विखण्डनकारी सिके राउतलाई अंगालो हालेको र देशभक्त विप्लवमाथि प्रतिबन्ध लगाएर नेपाली जनतालाई तर्साउन खोजेको भन्दै नायिका थापाले प्रतिबन्धका विरुद्धमा प्रतिवाद हुने बताएकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जवर्जस्ती युद्ध थोपर्न पो थाल्यो! देशभक्त ‘विप्लव’माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ।’