काठमाडौँ – जिन्दगी भन्नु सम्झनै सम्झनाको मालाबाहेक केही होइन रहेछ। २०७२ वैशाख १२ गतेको त्यो कालो दिन भुल्न खोजे पनि भुल्न सकिन्न। हजारौ नेपालीको ज्यान गुमेको त्यो दिन धेरै नेपालीले आफ्ना आमा बुवा, छोराछोरी, श्रीमान, श्रीमती, नजिकका आफन्त र साथीभाइ गुमाए। बेल्जियममा बसोबास गर्दै आएका एक नेपाली जसलाई देश र नेपाली गीत संगीतप्रति अत्यन्त माया छ। उनले भूकम्पमा आफ्नो श्रीमान गुमाउने श्रीमतीलाई समर्पित गर्दै एक मार्मिक गीत आफ्नो डायरीमा लेखेर राखेका थिए।
समय परिस्थिति नमिलेर थन्किएको उनको त्यो गीतले अब जीवन पाएको छ। केही दिन अघि उनले तिनै भुकम्पमा श्रीमान गुमाएका विधवा महिलाको वेदना समेटिएको मार्मिक गीत ‘ सिन्दुर’ सार्वजनिक गरेका छन्।
छोटो समयमा नै १ लाख बढी दर्शकको साथ गीतले पाइसकेको छ। यस गीतमा शब्द दिनेश पोखरेलको रहेको छ भने संगीत गैरे सुरेशको रहेको छ। गीतमा स्वर मेलिना राईको रहेको छ। गीतको एरेन्जमेन्ट सुदिप सागरले गरेका हुन्। उत्सव दाहालले खिचेको भिडियोमा विनोद न्यौपाने र सम्पदा बाँनियाको अभिनय रहेको छ। विकाश दहालले भिडियो सम्पादन गरेका हुन्। युवराज वाइबाको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।
https://www.youtube.com/watch?v=lrBw3Phij5s&feature=youtu.be