काठमाडौँ । फिफा विश्वकप विजेता लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँगको सम्झौता नवीकरण गरेको जानकारी दिइएको छ ।
फ्रान्सको एक दैनिक पत्रिकाका अनुसार अर्जेन्टिनी मेसी कम्तीमा सन् २०२२–२३ को सिजनसम्म पीएसजीमा रहने छन् । डिसेम्बरको सुरुवातमा मेसी र क्लबबीच कम्तिमा एक सिजन सहकार्य अघि बढ्ने गरी सहमती भएको पत्रिकाले जनाएको छ । यस विषयमा पत्रिकाले कुनै पनि स्रोतलाई भने उल्लेख गरेको छैन ।
पीएसजीले पनि तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले बताएको छ । यसअघि पीएसजीका अध्यक्ष नासिर अल खेलैफिले च्याम्पियन्स लिग वान क्लबमा मेसी खुसी रहेको र विश्वकपपछि सम्झौताबारे छलफल हुने बताएका थिए ।
मेसी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाको लामो करियर अन्त्य गर्दै पीएसजीमा आबद्ध भएका थिए । उनले सबै प्रतिस्पर्धामा गरी १२ गोल र १४ एसिस्ट गरेका छन् ।अहिले मेसी कतार विश्वकपमा च्याम्पियन बनेपछि स्वदेशमा खुशीयाली मनाइरहेका छन् ।
मेसीको करियरको यो पहिलो विश्वकप उपाधि हो । अर्जेन्टिनाले ३६ वर्षपछि च्याम्पियन बन्ने क्रममा फ्रान्सलाई पेनाल्टी सूटआउटमा पराजित गरेको थियो ।