काठमाडौँ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)गण्डकीको अध्यक्षमा धर्मराज पन्थी ,सचिवमा सुबेदी निर्वाचित भएका छन् । टानको २९ औँ वार्षिक साधारण सभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्य, द्धितिय उपाध्यक्ष दिवस लामिछाने, सचिव तीर्थराज सुबेदी, सहसचिव गोपाल संगौला, कोषाध्यक्ष मोहन प्रसाद सुबेदी निर्वाचित भए ।
त्यसै गरी सदस्यहरूमा दीपकराज सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, माधव प्रसाद खनाल, भूपेन्द्र लामा र विश्वराज अधिकारी निर्वाचित भए ।
द्धितिय उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध निर्वाचित भएका थिए । नवनिर्वाचित कार्यसमितिको मङ्गलवार पदस्थापन भएको छ ।