काठमाडौँ । विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई जेलमुक्त गर्न आदेश जारी गरेको हो।
शोभराजका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा आदेश जारी गर्दै सर्वोच्चले निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवाधिकार मापदण्ड, संविधान तथा कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको भनेको छ।