काठमाडौं । नेपाल एयरलाइन्सले दसैँको अवसरमा अनलाइनमार्फत टिकट बुकिङ सेवाको सुरुवात गरेको छ ।कम्पनीले आज घटस्थापनाको दिनदेखि लागु हुने गरी सेवा सञ्चालनमा ल्याएको हो ।
सेवा सञ्चालनमा आएसँगै यात्रुहरूले विश्वकको जुनसुकै ठाउँबाट पनि निगमको वेबसाइट (त्रिपल डब्लु डक नेपाल एयरलाइन्स डटकम डटएनपी)मा गरेर आफ्नो गन्तव्यका लागि अनलाइनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।
दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा सेवा दिने निगमले बताएको छ ।