काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले दुईरतीन महिनाभित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।
आज आइतवार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई दुईरतीन महिनामा नै सुधार गर्ने बताएका हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिवार नेपाल आएका थिए ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभाकरले पहिलो दिन आइतवार कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरूमा भएको कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रभाकरले नेपाली खेलाडीले आईपीएलको सिको गरिरहेको भन्दै खेलाडीमा टेक्निक नभएको र टेक्निकलाई सुधार गर्ने बताए ।
विश्व क्रिकेट लिग–२ मा नेपाली टोलीले २० खेल खेलिसकेको छ । नेपाली टोलीका लागि अब १६ खेल बाँकी रहेको भन्दै प्रशिक्षक प्रभाकारले धेरैभन्दा धेरै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ टोलीलाई अभ्यास गराउने बताए ।