काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
६ हजार २ जनाको परीक्षणमा ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ संक्रमित निको भएका छन्।
हाल देशभर ५ हजार ४३३ सक्रिय संक्रमित रहेका छन्।