काठमाडौं। प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको हो। बैठक जारी छ।
बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल भइरहेको छ।
बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर विभिन्न नेताहरूलाई विभिन्न जिम्मेवारी दिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।