काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमति साथ अघि बढ्नुपर्ने बताएका छन्।
मंगलबार राजधानीमा पूर्वराजदूतसँगको अन्तरक्रियामा उनले विदेश एवम् बाह्य नीतिमा सम्पूर्ण राष्ट्रिय शक्ति सहमतिका साथ अघि बढ्नुपर्ने बताएका हुन्।
वर्तमान राजनीतिक प्रणालीमा स्वास्थ्य प्रतिस्पर्धा एवम् सुदृढिकरणका लागि प्रजातान्त्रिक प्रणालीको रक्षाका लागि यस्तो सहमति आवश्यक रहेको उनले बताए।
छिमेकी राष्ट्रसँग भरपर्दो र विश्वासिलो नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउँदै उनले भने, ‘छिमेकीसँग एउटा कुरा गर्ने, बाहिर अर्को व्यवहार गर्यौं भने हामी फस्छौं। राष्ट्रियहित मात्र भनेर हुन्न, न्यायोचित राष्ट्रिय हित हेर्नुपर्ने हुन्छ। नभए, सुरक्षा र संरक्षण कसरी हुन्छ?’