काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा विरोध गरेका छन्।
एमाले सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिएका छन्।
एमाले सांसद भानुभत्तल ढकालले अर्थमन्त्रीमाथि प्रश्न उठेको अवस्थामा प्रतिपक्षले अर्थमन्त्रीलाई स्वीकार गर्न नसक्ने बताए।
बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले जवाफ दिने क्रममा एमालेका सांसदहरुले संसद अवरोध गरेका थिए।
एमालेका सांसदहरुले अर्थमन्त्री शर्माले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरु प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरेका थिए।
यसअघि मङ्गलबार एमालेको अवरोपछि प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।