काठमाडौं। नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ।
सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सचिवालयको बैठक सुरु भएको हो।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलगायतका विषयमा छलफल भइरहेको छ।