काठमाडौँ, ८ फागुन – भोलिदेखि ‘लालाबाला’को दोस्राे ब्याच मञ्चमा उत्रने तयारीमा रहेको छ। गत वर्ष पहिलो ब्याचले ‘हिरोज डोन्ट कम’ नाटक कुञ्ज थिएटरमा मञ्चन गरेको थियो।
पहिलो मञ्चनमा नै राम्रो सफलता पाएपछि सोही नाटक युरोपको पोल्यान्डमा पनि मञ्चन गरिएको थियो। नाटकको निर्देशन प्रकेश सिन्धुलीयले गरेका छन्।
अब दोस्रो ब्याचको रुपमा ‘आई वान्ट टु वि श्रवण कुमार’ र ‘कालु र बाघ’ नाटक भोलिदेखि शिल्पी थिएटरमा मञ्चन हुने जनाइएको छ। ‘हिरोज डोन्ट कम’का निर्देशक प्रकेश सिन्धुलीयकै निर्देशनमा ‘आई वान्ट टु वि श्रवण कुमार’ पनि निर्देशन भएको छ। त्यस्तै, ‘कालू र बाघ’ प्रह्लाद खरेलले निर्देशन गरेका छन्।
नाटक ९ र १० गते शिल्पी थिएटरमा दिउँसो १ बजे र ११ गते बेलुका ४ बजे मञ्चन हुने जनाईएको छ। पहिलो ब्याज युरोपको पोल्यान्डमा मञ्चन गरिएको थियो भने दोस्रो ब्याज शिल्पी थिएटरमा मञ्चनपश्चात युरोपकै बेलारुस जाने तयारीमा रहेको बताईएको छ। लालाबालाका आयोजक टंक चौलागाईं रहेका छन्।