नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्।
गुरुङ नेकपा एमालेका मनबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्।
धनबहादुरले ८ सय २० मत प्राप्त गरे भने मनबहादुरले जम्मा ६ सय ९६ मत पाए।
उपाध्यक्षमा ९ सय १३ मत पाउँदै माओवादी केन्द्रका बेदबहादुर गुरुङ विजयी भए।
उनका प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ७ सय ९६ मत पाए।