सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।
एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमालेले दुई पटक संसद विघटन गर्यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’
३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।