सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा बैठक सुरु भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
नेकपा (एस) को यसअघिको पोलिटबूरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव, मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), गठबन्धन, आगामी कार्ययोजना र संगठन विस्तारका विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेकपा एसको आजको बैकमा मार्गनिर्देशक मानिएको उक्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा छलफल हुनेछ ।