नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले आज एमालेमा प्रवेश गराएका अमृतराज बैद्य विवेकशिल साझा पार्टीका काठमाडौं जिल्ला संयोजक नभएको पार्टीले जनाएको छ ।
विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले आज स्पष्टिकरण दिदैं अमृतराज बैद्य नामका कुनैपनी व्यक्ति पार्टीको जिल्ला संयोजक वा अन्य पदमा समेत नभएको प्रष्ट पारे.का हुन् ।
मिश्रले ‘विवेकशील साझा पार्टीका काठमाण्डौ जिल्ला अध्यक्ष एमालेमा प्रवेश भनि कतिपय सञ्चारमाध्यममा प्रकाशित खबर पसर्णतया असत्य र भ्रमपूर्ण छ ।’ भनेका छन् ।
एमाले प्रवेश गरेका भनिएका व्यक्ति विवेकशील साझा पार्टीको कहिल्यै पनि जिल्ला संयोजक पदमा चयन नभएको र हाल उनि सदस्यसमेत नरहेको स्पष्ट मिश्रले स्पष्ट पारेका हुन् ।