नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी यादव शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत यादव क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले उनको मृत्यु भएको पुष्टि गरे ।
उनको मृत्युको कारण खुलिसकेको छैन । केही दिनअघि मात्रै उनीमाथि कारबाही चलाइएको थियो ।
प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृत फेला परेका यादव एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन् ।