पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा थप ३५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। याे सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे कुल संख्या ९ हजार ९५७ पुगेको छ भने कुल संक्रमितकाे संख्या ७ लाख ५ हजार ७२ पुगेको छ। यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन्। याे सहित नेपालमा ६ लाख ६१ हजार ६५१ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेका छन्। जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन्।