भारतको आगरा शहरमा युवतीले एसिड आक्रमण गर्दा युवकको ज्यान गएको छ। सोनम पाण्डे नाम गरेकी २५ वर्षीय युवतीले आफ्नो प्रेमी देवेन्द्र कुमारमाथि एसिड प्रहार गरेकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार देवेन्द्रले अर्कै केटीसँग विवाह गर्न लागेको रिसमा उनकी प्रेमिकाले एसिड प्रहार गरेकी हुन्। यनले देवेन्द्रलाई आफ्नो घरको पंखा सफा गर्ने निहुँमा बोलाएकी थिइन्। प्रेमी घरमा आएलगत्तै उनले प्रेमीमाथि एसिड आक्रमण गरेकी थिइन्।
एसिड प्रहारबाट गम्भीर घाइते भएका देवेन्द्रलाई सिकंदरास्थित एक अस्पतालमा भर्ना गरिएको थियो। त, उनी बाँच्न सकेनन्। सोनम आगराकै एक अस्पतालकी नर्स हुन्। प्रहरीले सोनमलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।
देवेन्द्रलाई एसिड हान्दा सोनमको शरिरमा पनि परेको र उनको अस्पतालमा उपचार भइरहेको छ। सोनम विवाहित युवती रहेको पनि बताइएको छ।