नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका संसदिय दलको बैठकमा हिँडेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमूहका सांसदहरू बाटैबाट फर्किएका छन्।
एमालेका नेता ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किएका हुन्।
बालुवाटारबाट फर्किएका नेताहरु ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा संसदिय दलको बैठक बोलाएका थिए। त्यस्तै यता नेता नेपाल र खनालले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरेका छन्।