काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णयको सोझो प्रभाव सेयर बजारमा परेको छ । केही दिनअघि उकालो लागेको सेयर बजार आज १६.६ अंकले ओरालो लागेर ११९१.९२ मा बन्द भएको छ । त्यस्तै कारोबार रकमसमेत घटेर करिब १ अर्बको मात्र कारोबार भएको छ ।
आज समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । कारोबार रकमका आधारमा नागरिक लगानी कोष र नेपाल पुनर्बिमा कम्पनी अगाडि रहेका छन् ।