काठमाडौं– हिजो ६ हजार २ सयले घटेको प्रतितोला सुनको मूल्य आज २ हजार ४ सयले बृद्धि भएको छ । बुधबार प्रतितोला ९५ हजार ४ सयमा कोरोबार भएको छापावाला सुन आज ९७ हजार ८ सय कायम भएको छ ।
यस्तै हिजो प्रतितोला ९४ हजार ९ सयमा किनबेच भएको तेजाबी सुनको मूल्य आज बढेर ९७ हजार ३ सय कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि थोरै गिरावट आएको छ । प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ९५ कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला चाँदीको मूल्य ८५ रुपैयाँले बृद्धि भएको हो ।