काठमाडौं– सेभिल्ला गएराती भएको युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनिस ला लिगा क्लब सेभिल्लाले प्रीमियर लिग क्लब वुल्भ्सलाई पराजिग गर्दै सेमिफाइनलम प्रवेश गरेको हो ।
सेभिल्लाले वुल्भ्समाथि १–० गोल अन्तरले जीत हासिल गरेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लुकास ओकाम्पसले निर्णायक गोल गरेपछि स्पेनिस ला लिगा क्लबले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
५ पटक लिग उपाधि जितेको सेभिल्लाले यो सहित सातौं पटक युरोपा लिगको सेमिफाइनल यात्रा तय गरेको हो । खेलको ८८ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनी विंगर लुकासले सेभिल्लालाई सेमिफाइनल चरणमा धकेलेका हुन् ।
सेभिल्लाले फाइनलका लागि प्रीमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्ने छ ।