विराटनगर– विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ जना सञ्चारकर्मी र १ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
दैनिकका सम्पादक मोहन भण्डारी सहित अन्य संवाददातामा कोरोना संक्रमण पुष्टि भएको हो । सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि पत्रिका प्रकाशन बन्द गरिएको छ ।
संक्रमण पुष्टि भएका सबैजना आइसोलेसनमा बसेका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।