काठमाडौं - जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ ।
कोरोनाको थप जोखिम हुन नदिन स्वास्थ्य चौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएकी एक महिलालाई कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीलाई सिल गरिएको हो ।
सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको हो । स्वास्थ्य चौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र पनि सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको बताइन् । रासस