काठमाडौं– अमेरिकाको डिभी परेको भन्दै युवाहरुलाई ठग्दै आएका २ युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई डीभी परेकाले विहे गरी अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा बाग्लुङकी १९ वर्षीया असिमा केसी र २७ वर्षीया कोपिला शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतबाट युवाहरुलाई फलो गरि विभिन्न युवाबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले पक्राउ गरेको हो । ठगी गरि लुकेर बसेका उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको महाशाखा एसपी इएश्वर कार्कीले जानकारी दिए ।
नेपालमा डिपार्टमेन्टल स्टोर चलाउनका लागि भन्दै पैसा ठगी गरेका उनीहरुले डीभी परेर पनि लकडाउनका कारण नेपालमै बस्नु परेको बताउँदै आएका प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै युवतीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत ठिमि पठाइएको छ ।