काठमाडौं - नेकपा केही नेताहरुले पछिल्लो समय दिवंगत नेताहरुको नाममा खोलिएका प्रतिष्ठानलाई राजनीतिकरण गर्ने काम गरेका छन् ।
ओली पक्षले विशेष गरि मदन भण्डारी फाउन्डेशनलाई सक्रिय बनाउन थालेको नेकपाका केही नेताहरुले आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीले केपी शर्मा ओली जब जब आफू समस्या पर्छन त्यो बेला फाउन्डेशनलाई अघि सार्ने गरेको नेकपाका केही नेताहरुको भनाई छ ।
केही समय अघि ओली निकट मानिने नेता गोकुल बाँस्कोटाले आफ्नो गृह जिल्ला काभ्रेबाट यसको शुरुआत गरेका थिए भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रमुखमा अतिथी थिए ।
नेकपाको एकताका बेला स्थगित गरिएको यो कुरालाई आफनो समूहको गुट ब्यूँताउनका लागि फाउन्डेसनबाट गतिविधि शुरु गरेको नेकपा भित्रका केही नेताहरुले बताएका छन् ।