विश्रवमा काेभिड १९ को महामारी झनै व्यापक रुपमा फैलिरहेको बेला अमेरिकाले गरेको पहिलो परीक्षणमा सफल नजिता निस्केको छ । अमेरिकी बायोटेक कम्पनी मोडेर्नाले बनाएको खोपको ४५ जना व्यक्तिमा गरिएको परीक्षणमा प्रभावकारी नतिजा देखिएको बताइएको छ ।
खोप परीक्षण गरिएका स्वयंसेवकहरुमा न्युट्रालाइजिङ एन्टिबडी विकास भएको थियो। यसले शरीरमा कोरोना भाइरसको संक्रमण रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनका अनुसार परीक्षणपछि स्वयंसेवकको रगत परीक्षण गर्दा कोभिड–१९ संक्रमणपछि स्वस्थ भएका मानिसमा पाइने जति नै एन्टिबडी उनीहरुको शरीरमा पनि पाइएको थियो।
२७ जुलाईदेखि यस खोपको सबैभन्दा महत्वपूर्ण परीक्षण सुरुवात हुने छ । ३० हजार मानिसमा खोप परीक्षण गरिनेछ त्यसपछि यो कोरोनाविरुद्ध उपयुक्त खोप हो किन होइन भनेर निर्धारण गरिनेछ । खोपको अन्तिम नतिजा कहिले आउँछ भन्ने एकिन नभए पनि अक्टोबरको अन्त्यसम्ममा सम्पन्न हुने आशा गरिएको छ।