चण्डीराज ढकाल, नेपाली उद्योग क्षेत्रको लागि नयाँ नाम होइन् यो। नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत बनिसकेका यिनले नेपाली उद्योग क्षेत्रमा निकै चर्चा बटुले। तर, राष्ट्रिय वाणिज्य बैंकको १ अर्वभन्दा माथीको ऋणले च्याप्दै गएपछि उनको ओरालो यात्रा शुरु भएको थियो। अवस्था यहाँसम्म विग्रियो की बैंकले उनलाई कालोसुचीमा त राख्यो नै सगैँ २०७५ को अन्तिमतिर उनका सबै व्यवसायहरु टाट पनि पल्टियो।
त्यसयता गुमनाम सरह रहेका उनी आईतबार आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसहित काठमाडौं नक्सालस्थित मेरियट होटलमा भेटिए। होटलको भित्रपट्टि रहेको कम्पाउण्डमा उनी केहि उद्योगी व्यापारीहरुसँग गफिइरहेका थिए। लकडाउनका कारण स्थगित भएको चुनावको बिषयमा छलफल गर्न उनीहरु त्यहा भेला भएको ढकालनिकट श्रोतले जानकारी दियो।
चण्डीराज ढकाल यसपटकको निर्वाचनमा आईएमई ग्रुपका अध्यक्ष ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउने रणनितीमा लागेका छन्। त्यसकै चाँजोपाँजो मिलाउन उनी खुलेरै लागिपरेका छन्। अर्कातिर बरिष्ठ उपाध्यक्षका सम्भावित उम्मेद्वार हुन्, किशोर प्रधान। प्रधानलाई महासंघका अर्का पुर्वअध्यक्ष पशुपती मुरारकाको समर्थन रहेको बताईन्छ।
मेरियटमा चण्डीराज ढकाल टोलीको कुराकानी चलिरहँदा महासंघका बरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष शेखर गोल्छा पनि आईपुगे। उनलाई मेरियटबाटै कसैले फोन गरेर बोलाएका थिए। बरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छाले पनि प्रधानलाई नै समर्थन गरिरहेका छन्। एकपटक उनी प्रधानको चुनावी प्रचारप्रसार पनि देखिएका थिए।
ढकाल प्यानलको छलफल चलिरहेको बेलामा अचानक गोल्छा आईपुगेपछी त्यहाको माहोल केहि असहज बनेको थियो। गोल्छा आएपछि ढकालसँग छलफल गरिरहेको एउटा टोली नै त्यहाँबाट उठेर अर्को टेबलमा गएका थिए।