एजेन्सी– छिमेकी मुलुक भारतमा विश्वभर माहामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकैदिन १ सय ३ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै गत २४ घण्टामा तीन हजार ३ सय ९० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ हजार ३ सय ४२ पुगेको हाे।
गत २४ घण्टामा भारतमा एक हजार २ सय ७३ जना भने निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या १६ हजार ५ सय ३९ पुगेको छ।
हालसम्म कोरोनाको कारण् विश्वभर २ लाख ७० हजार ७ सय ४० जनाले ज्यान गुमाएका छन् भने ३९ लाख १८ हजार संक्रमित छन्। संक्रमित मध्ये १३ लख बढी निको भइसकेका छन्।