प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक सुरु भएको छ। नेकपाभित्र विवाद चर्कँदै जाँदा प्रधानमन्त्री इतरका समूहको दबाबमा बुधबारको सचिवालय बैठक बोलाइएको हो।
विवादित अध्यादेश र सरकारका काम कारबाहीका कारण बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए।
आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा र एमसीसी बारे छलफल हुने छ। एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो।
यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरमा रहदा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भदौ ९ गते सचिवालय बैठक बसेको थियो।