काठमाडौं – नेपाल टेलिकमले एकै पटक धेरै डेटा लिन चाहानेलाई लार्ज डाटा प्याक योजना ल्याएको छ। जसअन्तरगत लामो समय सम्म चलाउन पाइने डेटा प्याक सस्तो मूल्यमा उपलब्ध गराइरहेको छ।
कम्पनीले यस अन्तर्गत ३० जीबी र ६० जीबीको प्याक उपलब्ध गराइरहेको हो। ३० जीबीको प्याक ९० दिनसम्म चलाउन सकिन्छ भने ६० जीबीको प्याक १ सय ८० दिन सम्म प्रयोग गर्न सकिने छ।
एक पटक लिएपछि लामो समय सम्म चलाउन पाइने यी डेटा प्याकहरु तुलनात्मक रुपमा निकै सस्तो रहेको टेलिकमले जनाएको छ। ३० जीबी डेटा प्याकको मूल्य १६ सय रुपैयाँ रहेको छ भने ६० जीबीको प्याक ३ हजार रुपैयाँमा उपलब्ध रहेकाे छ। यसरी लार्ज प्याक लिएर डेटा चलाउँदा प्रति एमबी करिब ५ पैसा मात्रै पर्न जान्छ।
विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक *1415# डायल गरी लिन सकिन्छ। सिधै *1415*1*7# डायल गरेर समेत यो सेवा प्राप्त गर्न सकिन्छ। यसैगरी मोबाइलमार्फत DATA30GB वा DATA60GB लेखेर १४१५ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ।
यसकाे अलवा टेलिकमको वेबसाइट तथा मोबाइल एप बाट समेत यी प्याक खरीद गर्न सकिने टेलिकमले स्पष्ट पारेकाे छ।