एजेन्सी– अहिले वाईफाई नेट बिना मान्छे यताबाट उता सर्न नसक्ने भएको छ। कतिपय नकरात्मक असर सँगसगै धेरै ज्ञानका कुरा पनि हामीले नेटको सहायता बाट थाहा पाउन सकिन्छ।
सार्बजनिक बसहरुमा यात्रा गर्दा पनि अहिले नेटको सुबिधा पाइन्छ। भारतीय केन्द्र सरकारले भारतमा सञ्चालित उडान सेवामा यात्रीहरुलाई वाईफाई उपलब्ध गराउने कुरामा सहमति जनाएको छ।
एक आधिकारिक सूचना मार्फत यो जानकारी मिलेको भारतीय सञ्चारमाध्याहरुले जनाउका छन्। अधिकारिक सूचनामा उडानका क्रममा ल्यापटप, स्मार्टफोन, ट्याब्लेट, स्मार्टवाच, ई रीडर वा अन्य उपकरण फ्लाइट मोड वा एयरप्लेन मोडमा हुने हुँदा पाइलटको अनुमति पछि यात्रुहरुले वाईफाईको माध्यामबाट इन्टरनेट चलाउन सक्ने अनुमति दिएको हो।