काठमाडौं– हालै इटालीले एउटा अनौठो विश्व कीर्तिमान कायम गरेको छ। इटालीले १३ सयभन्दा बढी रोबोटको फौज तयार गरेर विश्व कीर्तिमान बनाएको हो।
१३ सय ७२ वटा मान्छेको आकारका रोबोटहरु एकै धूनमा नाचेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको हो। पहिला पनि चीनमा डोबी कम्पनीले एकैसाथ १०६९ रोबोट नचाएर विश्व कीर्तिमान बनाएकोमा यसपटक चीनकै युबिटेक कम्पनीले त्यो रेकर्ड तोडेको हो।
आल्मुनियम तथा प्लास्टिकबाट बनेका ४० सेमी उचाईका १३ सय ७२ वटा अल्फा वान एस रोबोट नचाएको समाचारमा उल्लेख गरिएको छ। यो कम्पनीले यसअघि ब्रेक डान्स गर्ने रोबोट पनि बनाएको थियो।